विजय धिमाल
धिमाल समुदायको मौलिक सांस्कृतिक तथा धार्मिक पर्व जातिरि/सिरिजातको समापन कार्यक्रम असार २ गते मोरङको उर्लाबारी–३ मंगलबारेस्थित धिमाल परियोजना स्थलमा हुने भएको छ।
धिमाल जातीय विकास केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस वर्षको समापन कार्यक्रम स्वर्गीय अम्बरबहादुर धिमालप्रति श्रद्धाञ्जली अर्पण गर्ने विशेष अवसरका रूपमा मनाइने जनाएको छ।
केन्द्रका तत्कालीन केन्द्रीय अध्यक्ष रहेका अम्बरबहादुर धिमालको असामयिक निधनपछि आयोजना हुन लागेको समापन समारोहमा श्रद्धाञ्जली सभा राखिएको छ। भाषा, संस्कृति, पहिचान र समुदायको उत्थानमा उनले पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिने केन्द्रले जनाएको छ।
शोकका कारण यस वर्ष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरिएको भए पनि परम्परागत पूजा–आराधना, जातिरि मेला तथा ढोल प्रतियोगिता भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुनेछन्।
ढोल प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार रुपैयाँ, दोस्रोलाई ८ हजार, तेस्रोलाई ६ हजार, चौथोलाई ५ हजार तथा सान्त्वना स्थान हासिल गर्ने समूहलाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी सबै ढोल समूहलाई एक हजार रुपैयाँका दरले प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइने आयोजकले जनाएको छ।
धिमाल समुदायको उल्लेख्य बसोबास रहेका झापा, मोरङ र सुनसरी जिल्लामा जातिरि/सिरिजात पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गर्न केन्द्रले प्रदेश सरकारसँग आग्रह गरेको छ।
समापन कार्यक्रममा धिमाल समुदायलाई जातीय पोशाकसहित सहभागी हुन तथा संस्कृतिप्रेमी, शुभेच्छुक र सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
पत्रकार सम्मेलन केन्द्रका सहअध्यक्ष तथा कार्यवाहक अध्यक्ष केदार धिमालको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक उपाध्यक्ष वर्तबहादुर धिमाल, महासचिव मात्रिका धिमाल, सचिव रोमान्सी धिमाललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव अजितकुमार धिमालले गरेका थिए।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया