शुक्रबार, १७ जुलाई २०२६

ईश्वरी भुजेल हत्या प्रकरणः घटनाबारे बुझ्न बालाजु प्रहरी पुगे निवर्तमान गृहमन्त्री गुरुङ

News Image
• • •

निवर्तमान गृहमन्त्री सुधन गुरुङ बालाजु प्रहरी कार्यालय पुगेका छन्।

गएराति नेपाली ब्रो उपनामले चिनिने कुमार थापामगरले आफ्नै श्रीमती ईश्वरी भुजेलको हत्या गरेको घटनाबारे बुझ्न गुरुङ प्रहरी कार्यालय पुगेका हुन्।

मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्। गुरुङले हत्यामा संलग्नलाई कडा कारबाहीको मागसहित सत्यतथ्य छानबिन गर्न प्रहरीलाई अनुरोध गरेका उनको सचिवालयले बतायो।

गुरुङले मृतकको आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका छन्। मृतक महिला गोरखास्थित सुधन गुरुङकै निर्वाचन क्षेत्रकी हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!