बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले आफूलाई इरानविरुद्ध युद्ध सुरु गर्न प्रभावित वा छल गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन्।
‘पोड फोर्स वान’मा कुराकानीगर्दै उनले इरानमाथि आक्रमण गर्ने निर्णय पूर्ण रुपमा आफूले नै लिएको दाबी गरे। ‘उसले (नेतान्याहुले) मलाई छल्यो रे? यो सुरु गर्ने म नै हुँ,’ ट्रम्पले भने।
ट्रम्पले यस्ता दाबीहरू आफ्ना राजनीतिक विरोधीहरूबाट आएको बताए।
‘उनीहरू त केवल डेमोक्र्याटहरू हुन्। यी त्यस्ता मानिसहरू हुन् जसलाई आफूले के गरिरहेका छन् भन्ने थाहा छैन,’ उनले भने।
राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमप्रतिको आफ्नो चिन्ता आफ्नो पहिलो कार्यकालदेखि नै रहेको बताए, जब उनले Joint Comprehensive Plan of Action (सन् २०१५ को इरान आणविक सम्झौता) बाट अमेरिकालाई निकालेका थिए। उक्त सम्झौता बाराक ओबामाको प्रशासनकालमा गरिएको थियो।
‘यसको सम्बन्ध इजरायलसँग पनि छ, किनभने सम्भवतः पहिलो आक्रमण उनीहरूमाथि नै हुने थियो। म तपाईंलाई भन्छु, यदि म नभएको भए अहिले इजरायल नै रहने थिएन,’ ट्रम्पले ठोकुवा गर्दै भने।
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया