तेजन खड्का
पाँच दिन अघि रतुवा खोलाको पुल मुनि शव भेटिएकी दमक-८ की रोमा भनिने २१ बर्षीया रमा तिवारीको मृत्यु प्रकरण सत्य तथ्य अझै सार्वजनिक हुन सकेको छैन।
१३ जेठको राती करीब साढे ९ बजे घरबाहिर निस्किएकी रोमाको शव १५ जेठमा फेला परे पनि सोमबार (१८ जेठ) मा मात्रै परिवारले दफन (अन्त्येष्टी) गरेका छन्।
तिवारी परिवार इसाई धर्मावलम्बी भएका कारण इसाई परम्परा अनुसारनै सोमबार साँझ दमकको उत्तरी क्षेत्र बेलडाँगीमा उनको अन्त्येष्टी गरियो।
प्रहरीले रोमाको शव परिक्षणका लागि धरान पठाएको थियो। सोमबार मात्रै धरानबाट उनको शव दमक ल्याएर अन्त्येष्टीका लागि परिवारको जिम्मा लगाएको र परिवारले अन्त्येष्टी गरिसकेको छ।
तर मृतक रोमाकी आमा मुनाले छोरीको हत्यानै भएको दाबी गर्दै हत्यामा संलग्नहरुको पहिचान गरी यथाशीघ्र सार्वजनिक गर्न र हदै सम्मको कानुनी कारवाही गर्न माग गरिन्।
घटनाको बिषयमा रिपोटिङ गर्न मृतक परिवारको घरमा आज बिहान पुगेका पत्रकारहरुसँग आफ्नो फोटो भिडियो नखिचिदन आग्रह गर्दै उनले घटनाको वास्तविक दोषी पहिचान गरेर कारवाही गर्नुपर्ने आफनो माग रहेको बताइन्।
उनले भनिन, 'हिजो पनि को को आउनुभो, यहाँ हामी लाश लिएर हिंडन लागेको बेला पत्रकार कि कसले के के सोधेर फोटो खिचेर अल्मल गराउनुभयो, मलाई अरु केही छैन छोरी मार्ने मान्छे खोजी हुनुपर्यो। कारवाही हुनुपर्यो अरु कुरा मेरो केही छैन।'
उनले छोरी रमाको एक जना केटा साथीसँग पति पत्नीको जस्तै नजिकको सम्बन्ध रहेको र ती केटा साथीका परिवारका अन्य सदस्यहरुले भने उनीहरुबीचको सम्बन्धलाई इन्कार गर्ने गरेको पनि खुलासा गरिन्।
छोरीले घर छोड्ने अघिल्लो दिन पनि त्यो केटाका बारेमा कुरा गरेकी थिई। सुधार केन्द्रबाट आएको छ अरे भनि। मैंले के गर्नु त आयो भने? भन्दा पछि बिहे गर्ने कुरा छ। औंठी दिएर इन्गेजमेन्ट गर्ने चलन जस्तो के छ त्यो पनि गर्ने भनेको छ भन्थी। उसका दिदीबहिनीले चाहिं मेरी छोरीसँग त्यो केटाले बोलचाल गरेको उठबस गरेको मन पराउँदैन थिए।
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया