बिएल संवाददाता
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको म्याद पाँच दिन थप गरिएको छ।
सरकारले छानबिनका लागि समितिलाई दिएको म्याद सोमबार सकिएपछि आजबाट लागू हुने गरी पाँच दिन म्याद थपिएको हाे।
समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका अनुसार अब काम सकेर समयमै प्रतिवेदन बुझाइनेछ।
गृहमन्त्री हुँदा विवादमा परेका गुरुङमाथि छानबिन गर्न गत वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिलाई गुरुङको सम्पत्ति विवाद, हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको शेयर, हदबन्दीभन्दा बढि जग्गा र विवादित जग्गाका विषयमा छानबिन गर्न कार्यादेश दिइएको छ।
उनले गत वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया