तेजन खड्का
झापाको दमक–८ बसन्त टोल निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारी रतुवा खोलामा मृत अवस्थामा फेला पर्नुअघि आफ्नै नजिकका एक केटा साथीलाई भेट्न घरबाट निस्किएको खुलेको छ।
मृतककी आमा मुना तिवारीका अनुसार जेठ १३ गते राति रमा घरमै रहेको बेला उनका नजिकका केटा साथीले मोबाइलमा फोन गरी भेट्न बोलाएका थिए।
आमा–बुवासँग अनुमति लिएर रमा घरबाट बाहिर निस्किएकी थिइन्। त्यसपछि उनी घर फर्किनन्।
परिवारका अनुसार रमा र ती युवकबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध थियो।
उनीहरूबीचको सम्बन्धलाई परिवारले पनि गर्लफ्रेण्ड–ब्वाइफ्रेण्डकै रूपमा बुझेको थियो। केही समयदेखि भने उनीहरूबीच भेटघाट र नियमित संवाद हुन सकेको थिएन।
बताइएअनुसार ती युवकलाई परिवारले लागुऔषध दुर्व्यसनबाट मुक्त गराउन सुधार केन्द्रमा राखेका थिए।
जेठ १३ गते साँझ उनले सुधार केन्द्रमा तोकिएको कोर्स पूरा गरी बाहिर निस्किएलगत्तै रमासँग सम्पर्क गरेर भेट्न बोलाएको मृतककी आमा मुना तिवारीले बताएकी छन्।
घरबाट निस्किएको पाँच दिनपछि मात्रै परिवारले रमाको शव देख्न पाएको थियो।
रतुवा खोलामा फेला परेको शवलाई आमा मुना तिवारी र बुवा नारायण तिवारीले सनाखत गरेका थिए। परिवारले सोमबार उनको अन्त्येष्टि गरिसकेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार रमा जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट आफ्नै इच्छाले बाहिर निस्किएकी थिइन्। त्यसपछि उनको कुनै सम्पर्क हुन सकेको थिएन।
शनिबार बिहान स्थानीयवासीले दमक–१० स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो र अनुसन्धान सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाबाट फरेन्सिक चिकित्सकसहितको अपराध अनुसन्धान टोली घटनास्थलमा पुगेर आवश्यक प्रमाण सङ्कलन तथा अनुसन्धान अघि बढाएको थियो। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनासँग सम्बन्धित प्रमाण सङ्कलनको काम जारी रहेको छ र दोषीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको छ।
रमाको रहस्यमय मृत्युले परिवार मात्र होइन, दमक क्षेत्रका स्थानीयवासीलाई समेत स्तब्ध बनाएको छ। घटनाको वास्तविकता सार्वजनिक हुने प्रतीक्षामा सबैको चासो केन्द्रित भएको छ।
झापाको दमक–१० स्थित सेतुमारी पुलमुनि रतुवा खोलामा मृत अवस्थामा फेला परेकी २१ वर्षीया रमा तिवारी (रोमा) को सोमबार दमक–१ मा ईसाई परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया