बिएल संवाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताएका छन्।
बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाएका हुन्।
विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधि सम्मत संसद् चलिरहेको छैन भन्ने पुष्टि हुन्छ। यो प्रतिनिधि सभा सञ्चालन नियमावली १५(२) को बर्खिलाप हो।'
त्याेसँगै उनले श्रम संस्कृति पार्टीका सांसदहरूले प्रश्न सोध्न खोज्दा सभामुखले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाउँदै राईले भने 'प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दनीय र हास्यास्पद देखिन्छ। नियम भन्दा नियत ठुलो हुन्छ र त्यो नियत जनता र लोकतन्त्रको पक्षमा हुनुपर्दछ।'
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया