शनिबार, १३ जुन २०२६

ताइवान मामलामा ट्रम्पलाई सीको कडा चेतावनीः गलत हस्तक्षेप भए संघर्ष हुन्छ

बिएल संवाददाता

बिएल संवाददाता

बेइजिङ, चीन
News Image
• • •

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकालाई ताइवान मामिलालाई गलत हस्तक्षेप गर्न खोजे अमेरिका र चीनबीच संघर्ष हुनसक्ने चेतावनी दिएका छन्।

दुई नेताबीचको शिखर सम्मेलनमा सीले ताइवानका कारण अमेरिका र चीन ‘संघर्षमा जान सक्ने’ चेतावनी दिएका हुन्।

सीले ट्रम्पलाई ताइवानको विषय ‘गलत तरिकाले सम्हाल्न खोजे’ अमेरिका र चीनबीच टकराव हुन सक्ने बताएका थिए।

‘ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्धा हो,’ सीको भनाइ उद्धृत गर्दै सरकारी प्रसारक सीसीटीभीले दाबी गरेको छ।

‘यदि यसलाई गलत ढंगले सम्हालियो भने, यी दुई राष्ट्रहरू आपसमा ठोक्किन सक्छन् वा अझ संघर्षमै जान सक्छन्, जसले सम्पूर्ण चीन–अमेरिका सम्बन्धलाई अत्यन्त खतरनाक अवस्थामा पुर्‍याउन सक्छ,’ सीले चेतावनी दिँदै भने।

यता अमेरिकाले भने ताइवानको विषयमा छलफलमा कतै उल्लेख गरेको छैन। अनौपचारिक रुपमा अमेरिकी प्रतिनिधिहरूले ताइवान मामलामा अमेरिकाको पुरानै अडान दोहोर्‍याएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!