आइतबार, ०९ अगस्ट २०२६

नेवाः पत्रकारद्वारा नेवाः देय् दबूका पदाधिकारीलाई स्वागत

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

नेवार समुदायको साझा संस्था नेवाः देय् दबूको नवनिर्वाचित कार्यसमितिलाई नेवाः पत्रकार राष्ट्रिय दबूले स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

काठमाडौँको नयाँ बजारमा आयोजित उक्त कार्यक्रममा रश्मिला प्रजापति नेतृत्वको ४५ सदस्यीय कार्यसमितिमध्ये काठमाडौँमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रममा वक्ताहरूले नेवार समुदायको भाषा, संस्कृति तथा पहिचान संरक्षण र प्रवर्धनको साझा एजेन्डामा सहकार्य गर्न सकिनेमा जोड दिएका थिए। साथै, पत्रकारहरूको पेसागत संस्था स्वतन्त्र र स्वायत्त हुनुपर्ने माग राखेका थिए।  

कार्यक्रममा नेवाः देय् दबूले नेवार जाति, मातृभाषा, लिपि, संस्कृति संरक्षण, परम्परागत चाडपर्व, संस्कार र रीतिरिवाज जोगाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। 

समुदायको अधिकार र पहिचानका लागि आवाज उठाउने तथा सामाजिक एकता र सहयोग अभिवृद्धि गर्ने काममा संस्था सक्रिय रहेको छ। 

हाल नेवाः देय् दबू नेपालभर विभिन्न शाखामार्फत क्रियाशील रहेको छ। 

संस्थाले केन्द्रीय कार्यसमिति, ८ प्रदेश समिति तथा ६० भन्दा बढी जिल्ला, पालिका र वडा तहका संरचना निर्माण गरिसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!