महेश चौलागाईं
कर्णाली उत्सव सातौँ संस्करण अन्तर्गत आयोजित ‘प्रतिरोधी पाइला’ सत्रमा वादी आन्दोलनकी अगुवा उमा वादीले आफ्नो जीवन संघर्ष र समुदायले भोगेको विभेदबारे मार्मिक अनुभव सुनाएकी छन्।
शनिबारदेखि सुरु भएको उत्सवको उक्त सत्रमा बोल्दै वादीले आफूले औपचारिक शिक्षा कम पाए पनि जीवनका अनुभवले आफूलाई बलियो बनाएको बताइन्।
‘मैले स्कुल धेरै धाएँ तर कक्षा थोरै पढेँ, शैक्षिक प्रमाणपत्रको डिग्री छैन, तर जीवनका भोगाइको डिग्री भने छ,’ उनले भनिन्।
सल्यानमा जन्मिएकी वादीले सुदूरपश्चिमलाई कर्मथलो बनाउँदै वादी समुदायको आत्मसम्मानका लागि भएको ४८ दिने आन्दोलनको स्मरण गरिन्। उनले उक्त आन्दोलन सम्पूर्ण नेपाली महिला र दलित समुदायको अधिकारका लागि भएको उल्लेख गरिन्।
आन्दोलनबाट आमाको नामबाट नागरिकता र जन्मदर्ता पाउने अधिकार स्थापित हुनु ठूलो उपलब्धि भएको उनको भनाइ थियो।
कार्यक्रममा उनले प्रदेशसभा सदस्य हुँदा समेत जातीय विभेदको सामना गर्नुपरेको अनुभव सुनाइन्।
‘कोठा खाली हुँदाहुँदै पनि ‘उमा वादी’ भन्ने नाम सुनेपछि घरबेटीले कोठा दिन मानेनन्,’ उनले भनिन्।
वादी समुदायप्रति समाजको दृष्टिकोण अझै परिवर्तन नभएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। साथै, सबै वादी महिला यौन पेशामा संलग्न नभएको स्पष्ट पार्दै समुदायको आर्थिक र सामाजिक सुधारमा ध्यान दिन आग्रह गरिन्।
उनले वादी उत्थान विकास समितिलाई पुनः सक्रिय बनाउँदै समुदायका लागि गाँस, बास, कपास र शिक्षाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिइन्।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया