आइतबार, १७ मे २०२६

अमेरिकाबाट एकैदिन ३५ नेपाली डिपोर्ट

News Image
फाइल तस्बिर
• • •

अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। 

अमेरिकाले डिपोर्ट गरेका उनीहरू गत चैत २४ गते मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका विमानस्थल अध्यागमनले जनाएको छ।

डिपोर्ट गरिएका नेपालीहरूलाई अमेरिकाले चार्टर विमानमार्फत नेपाल फर्काइदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले बताए।

डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन्। अन्यलाई भने अमेरिकी कानुनहरू उल्लंघन गरेको आरोप लगाइएको छ।

विमानस्थल अध्यागमनका अनुसार पछिल्लो दुई महिनामा मात्रै अमेरिकाबाट २ सय बढी नेपालीहरू डिपोर्ट भइसकेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु गरेयता अमेरिकाले अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने कठोर नीति अवलम्बन गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!