बिएल संवाददाता
राइड शेयरिङका सवार महिला यात्रीलाई लक्षित गरी अपशब्द बोल्दै अभद्र भिडिओ बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
काठमाडौँको नक्सालस्थित भगवती बाहल मन्दिर नजिकै गुडिरहेको मोटरसाइकलमा सवार महिला यात्रीलाई लक्षित गरी अपशब्द प्रयोग गर्दै भिडिओ खिचेको र उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो।
ती युवकले महिलाको मर्यादा र प्रतिष्ठामा आँच आउने गरी ‘के सारो राम्री राम्री भेट्छ हौ’ भन्दै क्याप्सन राखेर राइड सेयरिङमा आफूले राम्री केटी नपाएको भन्ने आश्यले भिडियो सामाजिक सञ्जालमा राखेका थिए। भिडियोमाथि सामाजिक सञ्जालबाटै व्यापक गुनासो आएपछि प्रहरीले ती युवकलाई पक्राउ गरेर थप अनुसन्धान थालेको हो।
घटनासँग सम्बन्धित पीडित महिलालाई प्रहरीले उपत्यका अपराध अनुसन्धान कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन आग्रहसमेत गरेको छ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया