मङ्गलबार, १९ मे २०२६

बादलको अभिव्यक्तिप्रति पाण्डेको आपत्तिः दोष खोज्नु भन्दा सरकारको अकर्मण्यता स्वीकार्नुपर्छ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका नेता राम बहादुर थापा बादलको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन्।

पाण्डेले शुक्रबार सामाजिक सञ्जालमार्फत संसदमा बादलले दिएको अभिव्यक्तिप्रति आलोचना गरेका हुन्।

उनले लेखेका छन्, ‘हिजो संसदमा लामा कथाहरू सुनिए, जसमा दोष सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो– सबै अरूलाई दिइएको थियो। पाण्डेका अनुसार, यसरी दोष अरूमा मात्र हाल्ने प्रवृत्ति गलत हो र यसमा सरकारको अकर्मण्यता पनि जिम्मेवार रहेको स्पष्ट गर्नुपर्छ।’

उनले राजनीतिमा कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने र अतिवादतिर धकेल्ने काम नगर्न पनि आह्वान गरेका छन्।

पाण्डेले लेखेका छन्, ‘आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौं। २३–२४ छानबिन हुनुपर्छ – तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।’

उनले राष्ट्रवादी राजनीति निकै पुरानो भएको भन्दै नेपालको आर्थिक सुधारको लाइन नै साँचो राष्ट्रवादी रहेको बताए।

‘अब यो ‘घेराबन्दी’मा पर्यौं भन्ने ‘राष्ट्रवादी’ राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्,’ उनले लेखेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!