मङ्गलबार, १९ मे २०२६

पारस शाहको मुटुमा राखिएको ब्याट्री फेरियो

News Image
• • •

पटक–पटक हार्टअट्याक भोगेका पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको ब्याट्री फेरिएको छ।

शाहको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टका अनुसार  पारसको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी)को ब्याट्री फेरिएको हो।

पारसलाई बिहीबार बिहान ८ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणपछि बिहान ९ बजे आईसीडीको ब्याट्री फेरिएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!