बिएल संवाददाता
युद्धकै बीचमा इरानले आफ्ना सर्वोच्च नेता चयन गरेको छ। यद्यपि यसप्रति इरानमाथि आक्रमण गरिरहेका इजरायल तथा अमेरिकाले कुनै प्रतिक्रिया दिएका छैनन्।
८८ सदस्यीय इरानको एक उच्चस्तरीय धार्मिक संस्थालालाई देशको सर्वोच्च नेता चयन गर्ने अधिकार छ। जसलाई एसेम्बली अफ एक्सपर्ट भनिन्छ।
इरानी सरकारी टेलिभिजनका अनुसार एसेम्बली अफ एक्सपर्टले मोजतवा खामेनेईलाई आफ्नो सर्वोच्च नेता चयन गरेको हो। उनि यसअघिका सर्वोच्च नेता आयोतोल्लाह खलि खामेनेईका माइला छोरा हुन्। आयोतोल्लाह दुई साता अघि इजरायल र अमेरिकाले सुरु गरेको पहिलो आक्रमणमै मारिएका थिए। त्यो आक्रमणमा उनिसहित उनका छोरी, जुवाइँ तथा नातिनातिनाहरूसमेत मारिएका थिए।
सन् १९६९ उत्तरपूर्वी इरानमा जन्मिएका मोजतवा खामेनेई परिवारका दोस्रो सन्तान हुन्। उनले तेहरानको एक धार्मिक विद्यालयमा शिक्षा आर्जन गरेका छन्। १७ वर्षको उमेरमै सैनिकमा भर्ती भएर इराकसँग युद्ध लडेका उनि राजनीतिमा भने उतिधेरै सक्रिय थिएनन्। तर इरानको शासकीय प्रणालीबारे उनले बोलेका कुराहरू भने बेला बेला चर्चामा आउने गरेका थिए।
उनि एक मध्यमस्तरका धार्मगुर पनि हुन्।
मोजतवाको नाम पहिलोपटक २००५ मा भएको इरानको राष्ट्रिपति निर्वाचनमा चर्चामा आएको थियो। त्यसमा कट्टरपन्थी नेता महमूद अहमदिनेजाद विजयी भएका थिए।
यो जितका लागि मोजतवाले विभिन्न हतियारधारी समूहहरू परिचालन गरेको विपक्षीले आरोप लगाएका थिए।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया