बिएल संवाददाता
अमेरिका र इजरायल मिलेर इरानलाई ध्वस्त पारेका छन्। इरानले कडा कारबाहीको साथ प्रतिक्रिया दिइरहेको छ।
इरानमा अमेरिका र इजरायली आक्रमणमा मारिएका १६५ स्कुले बालिकाको सामूहिक अन्त्येष्टि गरिएको छ।
इरानको मिनाबमा रहेको एक छात्रा स्कूलमा भएको बमबारीमा मारिएका ती बालिकाहरूको मंगलबार सामूहिक अन्त्येष्टि प्रार्थनासहित गाडिएको हो।
आज यी बालिकाहरूको शवपेटीहरू पङ्क्तिबद्ध रूपमा लाइनमा राख्दा इरानसहित सारा विश्व शोकमा डुबेको थियो। बालिकाहरूको मिनाब शहरमा नै सामूहिक अन्त्येष्टिको प्रार्थना गरिएको थियो। जहाँ हजारौं मानिसहरू भेला भएका थिए।
फेब्रुअरी २८ मा इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाबमा रहेको उक्त विद्यालयमा अमेरिका र इजरायलले बमबारी गरेका थिए। मारिनेमा अधिकांस प्राथमिक तहमा अध्ययनरत छात्रहरू थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया