शुक्रबार, १३ मार्च २०२६

तातोपानी गाउँपालिकाकी उपाध्यक्षमाथि निर्घात कुटपिट

News Image
• • •

जुम्लाको तातोपानी गाउँपालिका -३ लिताकोटमा गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलमाथि कुटपिट भएको छ।

सोमबार साँझ करिब ५ बजेको उपाध्यक्षको घरमै आएर कुटपिट गरिएको उपाध्यक्षका श्रीमान भक्तबहादुर रावलले जानकारी दिए।

उनका अनुसार सोही गाउँका आइते सार्की, उनका छोरा नरी सार्की, आइते सार्कीका दुई छोरी र दुई बुहारीसमेत मिलेर कुटपिट गरेका हुन्।

रावलका अनुसार कुटपिट गर्ने समूहले मादक पदार्थ सेवन गरेको अवस्थामा उपाध्यक्षमाथि आक्रमण गरेका थिए, जसका कारण उनी गम्भीर घाइते भएकी छन्।

हाल उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन्। हाल उनलाई बोल्न समस्या भइरहेको छ भने टाउकोमा गम्भीर चोट लागेको छ।

घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दर्ता गराइसकेको छ। प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

सामान्य विवाद पनि नभएको अवस्थामा आफूमाथि आक्रमण भएको उपाध्यक्ष रावलले बताइन्।

उनका अनुसार कुटपिट गर्नेले एकपटक आफ्नो लागि एउटा भर्‍याङ बनाइदिएको र पैसा दिइसकेको बाहेक अरु कुनै कारोबार भएको थिएन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!