बिएल संवाददाता
काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ।
मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला रहेका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनी नायब सुब्बा पदका कर्मचारी हुन्।
प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८:४५ बजे बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो।
फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनकाे उपचारकाे क्रममा सिभिल अस्पतालमा मृत्यु भएकाे हाे।
अहिले टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्ष विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया