बिएल संवाददाता
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको हो।
जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी निर्वाचन केन्द्र थप गर्न सिफारिस गरिएको हो।
स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन बाजुराका निमित्त निर्वाचन अधिकारी अंगत बहादुर महतले बताए।
त्यस्तै उनले त्रिवेणी नगरपालिका ८ मा २ वटा र बुढीनन्दा नगरपालिका ३ मा २ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफरिस गरिएको जानकारी दिए।
जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २, ३, ५ र ९ मतदान केन्द्रलाई सम्बन्धित वडाको वडा कार्यालयमा स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको महतको भनाइ छ।
५ नगरपालिका र ४ गाउँपालिका रहेको बाजुरामा जिल्लाभर हाल ७० वटा मतदान स्थल र १ सय १२ मतदान केन्द्र रहेका छन्।
जिल्लामा ८६ हजार ५ सय ७५ मतदाता रहेका छन्। जसमा ४४हजार ५ सय ३५ पुरुष र ४१ हजार ९ सय २० महिला रहेका छन्। त्यस्तै ११२ मतदान केन्द्र छन् भने ७० वटा मतदान स्थल रहेका छन्।
बाजुरामा सबैभन्दा बढि मतदाता भएको स्थल खप्तड छेडेहद ५ डोगडी र सबैभन्दा कम हिमाली गाउँपालिका वडा नम्बर ३ रहेको छ। त्यहाँ क्रमश २ हजार ४ सय ६२ र ५ सय ४५ मतदाता रहेका छन्।
असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु थियो।
मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया