बिएल संवाददाता
ठगी आरोपमा पक्राउ परेर छुटेका एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन यतिबेला दिनदिनै सीआईबी कार्यालयमा हाजिर भइरहेका छन्।
गत ११ कात्तिकमा ललितपुरको गोदावरीबाट पक्राउ परेका भट्टचन स्वास्थ्यको कारण देखाउँदै सरकारी वकिल कार्यालयसँगको सेटिङमा छुटेका थिए। सीआईबी स्रोतका अनुसार उनलाई हिरासत छल्न सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छोड्न निर्देशन दिएको थियो।
भट्टचन पक्राउ परेको भोलिपल्टै देखि छुट्ने चर्चा चल्दै आएको थियो। अन्ततः सरकारी वकिल कार्यालयलाई नै प्रभावमा पारेर ‘उनी हिरासतमा राखिरहनु नपर्ने’ कारण देखाउँदै सेटिङमा छुट्न सफल भए।
उनीमाथि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप छ। प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले उनीविरुद्ध जाहेरी दिएकी थिइन्। यसअघि पनि उजुरी परेपनि भट्टचन पहुँचको भरम उम्किँदै आएका थिए।
भट्टचन यतिबेला दैनिक हाजिर हुन कार्यालय धाइरहेका र उनको मुद्धामा अनुसन्धान जारी रहेको र गम्भीर ढंगबाट अघि बढिरहेको सीआईबी प्रमुख एआईजी मनोज केसीले बताए।
अहिले उनीसँग सम्बन्धित र प्रभुसंग जोडिएका फाइलहरूमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
यता भट्टचन आफैं संस्थापक रहेको प्रभु बैंक र यसको अमेरिकी साझेदार ‘प्रभु यूएसए’बीच पनि ५० लाख अमेरिकी डलर बराबर अपचलनको तथ्य फेरि चर्चामा छ।
रेमिट्यान्स कारोबारका लागि अमेरिकामा खोलेको कम्पनी ‘प्रभु यूएस’ले प्रभु बैंकलाई भुक्तानी गर्नुपर्ने करिब ५० लाख अमेरिकी डलर बैंकलाई नपठाई अमेरिकामै राखेर अनियमितता गरेको फेला परेको हो।
विदेशी मुद्रामा नेपाल भित्र्याइनु पर्ने रकम ल्याउन बैंक मात्रै होइन नियामक निकाय नेपाल राष्ट्र बैंक नै मौन आरोप लागेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया