सोमबार, १९ जनवरी २०२६

एनपीएलमा सहभागी खेलाडीहरूलाई सट्टेबाजीमा प्रलोभन देखाउन खोज्ने दुई पक्राउ

News Image
• • •

एनपीएलमा सहभागी खेलाडीहरूलाई स्पोन्सर गर्ने भन्दै सट्टेबाजीमा गराउन खोज्ने एक भारतीयसहित दुईजना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरेको कार्यालका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले बताए।

पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह, नेपालको बर्दियाको बारबर्दिया–८की रेविकासिंह ठकुरी छन्। उनी भारतको चण्डीगढ बस्दै आएको खुलेको छ।

सहभागी खेलाडीहरूलाई ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी खेलको हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका एसपी आचार्यले बताए।

उनीहरूविरुद्ध थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयले जनायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!