सोमबार, १९ जनवरी २०२६

सत्य बोलेको आधारमा प्रसाईंलाई पक्राउ गरिनु मानवअधिकार हनन् होः केपी ओली

News Image
• • •

एमालेका अध्यक्ष केपी ओलीले सत्य कुरा बोलेकै आधारमा दुर्गा प्रसाईंलाई पक्राउ गरिनु मानवअधिकारको हनन भएको प्रतिक्रिया दिएका छन्।

बुधबार ओलीले स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै प्रसाईंले दिउँसो भिडियो सार्वजनिक गरे लगत्तै राति पक्राउ गरेको टिप्पणी गरे।

उनले दुर्गा प्रसाईंले भएकै भिडिओ सार्वजनिक गरेको दाबी गर्दै तत्काल छाड्न माग गरे।

उनले भने, ‘दुर्गा प्रसाईंले दिउँसो भिडिओ सार्वजनिक गरे, राति पक्राउ गर्‍यो। म सोध्न चाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन? दुर्गा प्रसाईँलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन? गृहमन्त्रीसँग छ कि छैन। यतिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ? अब दुर्गा प्रसाईंले सोध्दैनन् होलान् त्यसको जवाफ, अरू दुनियाँले सोध्छन् नि। त्यसको जवाफ छ?’

उनले थपे, ‘मानवअधिकार आगोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनेर, सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन। त्यसैले पछाडि हट्नुपर्छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!